कांग्रेस मेलामा कम्युनिस्ट भेला
ekantipur.com · Sat Dec 11 02:35:52 GMT 2021
काठमाडौँ — डेढ सय जनाभन्दा बढी अटाउने महाधिवेशन आयोजनास्थलको मुख्य मञ्चमा कांग्रेस नेता र देश–विदेशका अतिथि भरिभराउ थिए । तर सबैको नजर तीन कम्युनिस्ट नेतामाथि थियो । ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा बनाएको कांग्रेसको मञ्चमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।
ओली र दाहाल झन्डै एक वर्षपछि र ओली र नेपाल पाँच महिनापछि एउटै मञ्चमा उपस्थित भएका हुन् । यसबीचमा ओलीसँग दाहाल र नेपालको बोलचाल नै बन्द थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)