मानवअधिकारकर्मीमाथि एसिड आक्रमण : चार सैनिक अधिकृत जेल सजाय
annapurnapost.com · Wed Jun 10 07:30:46 GMT 2026

इन्डोनेसिया : इन्डोनेसियाको एक सैन्य अदालतले मानवअधिकारकर्मीमाथि गरिएको एसिड आक्रमणमा संलग्न चार सैनिक अधिकृतलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । एक अभियुक्तलाई ३ वर्ष, दोस्रोलाई २.५ वर्ष, तेस्रोलाई २ वर्ष र चौथोलाई १.५ वर्ष जेल सजाय सुनाइएको न्यायाधीशले बुधबार बताएका छन् ।
ती चारै जना सैनिकहरू सेनाको रणनीतिक गुप्तचर निकायका सदस्य रहेको र उनीहरूलाई मानवअधिकारकर्मी आन्द्रिए युनुसमाथि गरिएको गम्भीर योजनाबद्ध आक्रमणमा दोषी ठहर गरिएको हो । युनुस हराएका व्यक्तिहरू र हिंसाका पीडितहरूको आयोगका उप–समन्वयक हुन् । गत मार्च १२ मा राजधानी जकार्तामा मोटरसाइकल चलाइरहेका युनुसमाथि अर्को मोटरसाइकलमा आएका दुई व्यक्तिले एसिड प्रहार गरेका थिए । आक्रमणबाट उनको दाहिने आँखामा अन्धोपन र अनुहार तथा शरीरको २० प्रतिशतभन्दा बढी भागमा गम्भीर जलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)