प्यारापाइलटलाई तालिम
annapurnapost.com · Sun Jul 09 00:53:04 GMT 2023
पोखरा : प्याराग्लाइडिङ उडान सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन पोखराका प्याराग्लाइडिङ पाइलट र व्यवसायीलाई एयर ट्राफिक तालिम दिइएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएसँगै यहाँ सञ्चालनमा रहेका प्याराग्लाइडिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै व्यावसायिक उडान सञ्चालन गर्न एयर ट्राफिक तालिम दिइएको हो।
प्याराग्लाइडिङलाई सुरक्षित बनाउन र अनुगमनमा सहजता तुल्याउन जीपीएस ट्याकिङ, रेडियो कम्युनिकेसन सिस्टमलाई सञ्चालनमा ल्याउन तालिमको आयोजना गरिएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए। दुई दिनसम्म भएको तालिममा ६० बढी प्याराग्लाइडिङ व्यवसायी, २ सय ५० प्याराग्लाइडिङ पाइलोट र यस क्षेत्रका सरोकारवालाको सहभागिता रहेको आयोजक संस्था ‘ना’ ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)