हातहतियार र लागूऔषधसहित पाँच पक्राउ
lokaantar.com · Sun Feb 26 01:02:14 GMT 2023
नेपाल प्रहरीले प्रतिवन्धित हातहतियार र लागूऔषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार मकवानपुरको कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)