सूर्य चम्किँदा मुम्बईले गुजरातलाई हरायो, प्लेअफ सम्भावना बलियो
farakdhar.com · Sat May 13 00:54:17 GMT 2023
पाँचपटकको आइपिएल च्याम्पियन मुम्बई इण्डियन्सले यसपटक प्लेअफ सम्भावना बलियो बनाएको छ । गएराति सम्पन्न खेलमा गत संस्करण विजेता तथा शीर्ष स्थानका गुजरात टाइटन्सलाई २७ रनले हराउँदै मुम्बईले प्लेअफ सम्भावना बलियो बनाएको हो ।
मुम्बईसँगको हारका बाबजुद गुजरात शीर्ष स्थानमा कायमै छ । आफ्नो १२ औँ खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । उसका लागि राशिद खानले ३२ बलमा १० छक्का र ३ चौकाको मद्दतमा अविजित ७९ रनको विस्फोटक पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)