मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालेखाले भनेको थियो– ‘अनुदान फिर्ता गर्नू’

ekantipur.com · Sun May 29 00:39:45 GMT 2022

काठमाडौँ — काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमिततामाथि महालेखा परीक्षकको कार्यालयले पनि पटक–पटक चासो दिएको पाइएको छ । ग्रामलाई बजेट अनुदान उपलब्ध गराए पनि सदुपयोग हुन नसकेको महालेखाले ठहर गरेको हो । महालेखाको आर्थिक वर्ष २०७२/७३ को लेखापरीक्षण प्रतिवेदनमा आवश्यक छानबिन गरी खर्च हुन नसकेको रकम फिर्ता गर्न पहल गर्नुपर्ने औंल्याइएको छ ।

पर्याप्त अध्ययन नै नगरी ‘अनुगमनबेगर’ संकल्प नेपाललाई सरकारी अनुदान दिइएको पनि महालेखाको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)