यसअघि सुक्खाग्रस्त क्षेत्र बाँके नरैनापुरमा अहिलेको बाढीले २ सय घरमा क्षति
Ujyaaloonline.com · Sat Oct 08 01:35:51 GMT 2022
बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा बाढीले डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा क्षति पुगेको छ भने एक हजारभन्दा धेरै बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका गाउँपालिका विपद् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो ।
उहाँका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का धेरैजसाे गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका छन् । ६ वटै वडाका गाउँ जलमग्न भएका छन् । बाढी र डुबान पीडितका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । समयमा वर्षा नहुँदा सुक्खा क्षेत्र घोषणा गर्नुपरेको नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले क्षति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)