मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बारामा खेलाडी छनोट शुरु

ratopati.com

अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम शुरु भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरु विच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट हुनुपर्नेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोतोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ्ग, खो–खो, शारिरिक सुगठन लगायत १८ प्रकार खेलहरु हुनेछन् । बाराको सिमरा रंगशालामा जिल्ला भरका फुटबल खेलाडीहरु विच प्रतिष्पर्धा भएर आईतवार छनोटको काम सम्पन्न भएको छ भने अन्य खेलहरु कलैया, निजगढमा सञ्चालन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)