गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
ratopati.com · Sat Jul 11 02:17:34 GMT 2026

मुगु। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा निधन भएका मुगु सोरु गाउँपालिका-१ का युवा गणेश नेपालीको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले गहिरो दुःख व्यक्त गरेको छ।
काठमाडौँमा राइड सेयरिङ ‘पठाओ’ मार्फत परिवारको गुजारा चलाउँदै आएका एक श्रमजीवी युवाले महानगर प्रहरीको ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु अत्यन्तै विडम्बनापूर्ण र विचलित बनाउने विषय भएको रास्वपाले उल्लेख गरेको छ। यो घटनाले राज्य संयन्त्रको नागरिकप्रतिको संवेदनशीलता र आम श्रमजीवी नागरिकले भोग्नुपरेको चरम मानसिक तथा आर्थिक दबाबलाई छताछुल्ल पारेको विज्ञप्तिमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)