मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा बाख्रापालन तालिम

abhiyandaily.com

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाद्वारा उन्नत बाख्रापालन तालिम दिइएको छ । तनहुँको बन्दीपुरस्थित डुम्रेमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले ३५ जनालाई तालिम दिएको हो । तालिममा संस्थाका आफ्ना ग्राहक तथा ग्राहकका अभिभावकको सहभागिता रहेको संस्थाका नायव महाप्रबन्धक पवनकुमार श्रेष्ठले जानकारी दिए ।

तालिममा प्रशिक्षक हरि प्रसाद कँडेल, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय, विपना खनाल लगायतको उपस्थिति थियो । गुल्मी दरबार गाउँपालिकाले कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मिना भण्डारीले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिन् । आर्थिक उन्नतिमा योगदान पुर्‍याउन संस्थाले दिँदै आएको शीप विकास तालिमको उनले सराहना गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)