गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
ratopati.com · Sat Jul 11 02:46:04 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । शवलाई पोस्टमार्टमका लागि बिहीबार राति नै शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको हो ।
काठमाडौँमा राइड सेयरिङमार्फत परिवारको गुजारा चलाउँदै आएका मुगु सोरु गाउँपालिका-१ का युवा नेपालीले महानगर प्रहरीको ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)