गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
ratopati.com · Mon Dec 18 00:59:00 GMT 2023
ढोरपाटन । अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो । दुई/तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो ।
पश्चिमबाट धौलागिरि अस्पतालमा ल्याएर राख्दा हजारौँ रुपैयाँ खर्च हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि यहाँ शवगृह थिएन । हालै गलकोट नगर अस्पतालमा विद्युतीय शवगृह शवगृह प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)