पाथीभराको भेटीमा ४७ देशका मुद्रा
ekantipur.com · Sun Aug 27 16:51:35 GMT 2023
ताप्लेजुङ — ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी भारतीय, अमेरिकी डलर र थोरैमा रोमानियाको मुद्रा भेटिएको हो ।
गत आर्थिक वर्षमा भारु १९ लाख ६४ हजार ५ सय ४० चढाएको पाइएको समितिका अध्यक्ष रक्की थेबे लिम्बूले जनाए । यो ३१ लाख ४३ हजार २ सय ६४ रुपैयाँ हो । भारुपछि अमेरिकी डलर ३ हजार ३ सय १९ (नेपाली ४ लाख ३८ हजार ९ सय चार रुपैयाँ) र सबैभन्दा कम रोमानियाको पैसा रोमानियाली लेउ एक (२८ रुपैयाँ) भेटिएको हो । चिनियाँ युआनसमेत ९१ (नेपाली १ हजार ६ सय ३८ रुपैयाँ) भटिएको क्षेत्र विकास समितिले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)