मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्मले धानेको रोपाइँ

ekantipur.com · Sun Jul 03 00:58:56 GMT 2022

सोलुखुम्बु — नेचासल्यान–१ की सीता बस्नेतलाई असार लागेयता एक दिन फुर्सद छैन । उनलाई पर्म तिर्न भ्याइनभ्याइ छ । २० जनाको समूहमा आलोपालो रोपाइँ गर्नकै लागि उनले पर्म लगाइरहेकी छन् । उनी बिहानभरि घरको धन्दा गरेर १० बज्नासाथ घुम बोकी रोपाहार बनेर छिमेकीकहाँ जान्छिन् । ‘म कम्तीमा २० दिन अरूको रोपाइँमा जान्छु, अनि मेरोमा २० जना आएर एकै दिनमा रोपाइँ सकिदिनुहुन्छ,’ बस्नेतले भनिन् ।

हुर्किएदेखि नै असारमा पर्म गर्ने गरेका स्थानीय ७५ वर्षीय रत्न राई रोपाइँका बेला गोरु दाउने, दाँदे लाउने तथा आली लगाउने काम गर्थे । उनी उमेर ढल्किँदै गएयता धानको बीउ काड्छन् । ‘म सानो हुँदादेखि घरमा बुबाआमा नै मेलापात र पर्म जाने भनेर दिउँसो छिमेकीको मेलामा जानुहुन्थ्यो,’ उनले भने, ‘म यो उमेरसम्म पुग्दा पनि अर्मपर्म गरेर नै गाउँका सबैको रोपाइँ सक्ने गरेका छौं ।’ बयोवृद्ध राईलाई पर्मेली परम्परा कहिले सुरु भयो भन्ने यकिन छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)