सुदूरपश्चिमको राजधानी निर्माण अघि बढाउन गृहकार्य गर्न पूर्वाधारमन्त्री भाटको निर्देशन
nepalpress.com · Tue Aug 25 07:45:35 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले प्रदेशको राजधानी निर्माणको काम अघि बढाउन आवश्यक गृहकार्य तत्काल सुरु गर्न निर्देशन दिएका छन्।
मन्त्रालयका सचिवबाट मन्त्रालयको समग्र अवस्था, चालु आयोजना, बजेट, कार्यप्रगति, समस्या तथा आगामी कार्ययोजनाबारे जानकारी लिएपछि मन्त्री भाटले राजधानी निर्माणसँगै प्रदेशको समग्र पूर्वाधार विकासलाई परिणाममुखी बनाउन आयोजना छनोटदेखि ठेक्का प्रक्रिया, बजेट विनियोजन, कार्यान्वयन र अनुगमन प्रणालीमा सुधार गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)