बुद्धनगरमा आत्मदाहको प्रयासपछि ४५ वर्षीय पुरुषको अवस्था गम्भीर
ajakoartha.com · Sat Jul 11 03:01:00 GMT 2026

काठमाडौं- काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)