लुम्बिनीका ३ सय स्थानमा डढेलो
ekantipur.com · Sun Apr 21 17:04:56 UTC 2024

लुम्बिनी — गहुँको नल जलाउन लगाएको आगो हावाहुरीका कारण बस्तीमा पस्दा शनिबार रूपन्देहीको रोहिणी गाउँपालिका–४, ५ र ६ का ५० घरमा क्षति पुगेको छ । स्थानीयको बस्तुभाउ, अन्न, लत्ताकपडा र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।
पीडित परिवारलाई आइतबार गाउँपालिकाले राहतस्वरूप तीन हजार रुपैयाँ र खाद्यान्न उपलब्ध गराएको पालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)