आशिकाको अल्टिमेटमले मेयर्स फोरममा हलचल
ratopati.com · Tue Aug 25 08:13:59 GMT 2026

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या यतिबेला फेरि एकपटक सतहमा छ । गत शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयरहरु र धादिङकी सांसद आशिका तामाङबिचको भनाभनपछि सुरु भएको विवाद अहिले १५ दिने अल्टिमेटमको अवस्थामा छ । जसले मेयर्स फोरममा हलचल उत्पन्न गराएको छ ।
सोही सन्दर्भमा मंगलबार काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले फोहोर व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)