हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा आगलागी
barnanmedia.com · Mon Oct 26 21:35:00 GMT 2026

हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा सोमबार आगलागी भएको छ। शेकक्वु चाउ टापुनजिक समुद्रमा बनाइएको कृत्रिम टापुमा रहेको उक्त प्लान्टमा आगलागी भएपछि ९३० जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। आगो निभाउने कार्यको मद्दतमा जुटेका एक कर्मचारी भने बिरामी परेका छन्।
अग्नि सेवा विभागका अनुसार प्लान्टको एकीकृत फोहोर व्यवस्थापन केन्द्रको पहिलो चरण (आईपार्क १) मा दिउँसो १२:४३ बजे आगलागी भएको हो। आगो बढ्दै गएपछि दिउँसो १:२४ बजे ‘नम्बर ३’ तहको विपद् घोषणा गरिएको थियो। हङकङमा विपद्को चेतावनी पाँच तहको हुन्छ– पाँचौँ तह सबैभन्दा गम्भीर मानिन्छ। चेतावनीको तह बढेसँगै थप जनशक्ति र स्रोतसाधन परिचालन गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)