आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
ratopati.com · Sat Jul 11 03:54:55 GMT 2026

काठमाडौँ । कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी कागज कारखाना अहिले जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द भएको डेढ दशक बितिसक्दा पनि पुनः सञ्चालनका लागि कुनै ठोस पहल हुन सकेको छैन। उद्योग बन्द भएसँगै नेपाल कागज तथा कागजजन्य वस्तुको आयातमा झन् बढी निर्भर बन्दै गएको छ।
तत्कालीन जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवलपरासी (हाल नवलपुर) को गैँडाकोटमा भृकुटी कागज कारखाना स्थापना गरिएको थियो। २०३९ सालमा स्थापना भएको उद्योगले २०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। दैनिक करिब ४२ मेट्रिक टन कागज उत्पादन क्षमता रहेको यो उद्योगले त्यसबेला नेपालको कुल कागज मागको करिब ३५ प्रतिशत आपूर्ति गर्ने गरेको थियो। कारखानाले उच्च गुणस्तरको पल्प उत्पादन गरी जापानलगायतका मुलुकमा निर्यातसमेत गर्ने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)