नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
nepaltvonline.com · Wed Jun 28 00:32:34 GMT 2023
पर्सा- वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।
अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)