आइसीपीको नाका भएर ट्यांकरमै डिजेल तस्करी, तीन जना पक्राउ
pahilopost.com · Mon Feb 15 17:23:10 UTC 2021
वीरगंज : खुल्ला सिमानाको कारण सीमावर्ती क्षेत्रका इन्धन तस्करहरु नेपालको पेट्रोल पम्पबाट सस्तोमा इन्धन खरिद गरी महँगोमा बेच्न भारततर्फ ओसारपसार गरेको घटना सार्वजनिक भएको छ।
पहिले साइकल, मोटरसाइकलमा इन्धन तस्करी गरेको पाइन्थ्यो भने अहिले भारततर्फ इन्धन बोक्न जाने ट्यांकरबाटै डिजेलको तस्करी भइरहेको खुलेको हो। गएराति पर्सा प्रहरीले करिब १ हजार ३ सय ६० लिटर डिजेल लिएर भारततर्फ गइरहेको अवस्थामा बरामद भएपछि ट्यांकरबाटै इन्धनको तस्करी भइरहेको खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)