आयोजित आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य
barnanmedia.com · Mon Oct 26 22:40:13 GMT 2026
चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो।
अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको सहभागिता थियो जसमा नेपाल २९औँ स्थानमा रह्यो । सुरुवाती पाँच खेलमा लगातार हार बेहोरेको नेपालले अन्तिम दुई खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)