बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते
onlinekhabar.com · Sat Jul 11 04:40:49 GMT 2026

२७ असार,बुटवल । बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासी साँढेले आक्रमण गर्दा घाइते भएका हुन् । साँढेको आक्रमणबाट बुढाथोकीको छाती, घुँडा, कुहिना र ढाडमा चोट लागेको छ । उनको दायाँ छातीमा गम्भीर चोट लाग्नुका साथै ढाडको पाँचवटा करङको हड्डी भाँचिएको बुढाथोकीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)