काठमाडौं बुद्धनगरमा फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास
annapurnapost.com · Sat Jul 11 04:44:02 GMT 2026

काठमाडौं : काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौं–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनले शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ