मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

barnanmedia.com · Mon Oct 26 22:51:09 GMT 2026

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको छ । प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले रोकेको र यसअघि अनुमति पाइसकेका खेलाडीको स्वीकृतिसमेत स्थगित गरेको रिपोर्ट सार्वजनिक भएपछि उनीहरूको सहभागितामाथि अन्योल बढेको हो ।

क्रिकइन्फोले एनपिएलसँग सम्बन्धित विभिन्न व्यक्तिसँग कुरा गर्दा यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत लिगमा सहभागी हुने अनुमति तत्कालका लागि रोकिएको जानकारी दिइएको छ । लिगसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पिसिबीले पाकिस्तानी खेलाडीलाई एनओसी दिन शुल्क मागेको छ । उक्त शुल्क प्रतिखेलाडी करिब २५ हजार अमेरिकी डलर रहेको बताइएको छ । पाकिस्तानी सञ्चारमाध्यम जियो सुपरले पनि उक्त समाचार उद्धृत गर्दै खेलाडीको सहभागिता अन्योलमा परेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)