कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Mon Oct 26 22:54:30 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकोले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणले सो चक्रवातका कारण कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने र यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)