फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम
ratopati.com · Mon Oct 20 19:03:00 GMT 2025

कैलाली । कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गिन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।
विसं २०७४ देखि फूल खेती सुरु गरेका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरू ढकमक्क फुलेका छन् । उनी भन्छन्, “एक लाख लागतमा फूल खेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर बिस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)