सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै
nepallive.com · Fri Dec 30 01:06:00 GMT 2022
काठमाडौं – सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ।
रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुनेछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शपथ ग्रहणका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)