रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु
barnanmedia.com · Mon Oct 26 23:02:33 GMT 2026

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए ।
गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्। उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। ड्रोनका अवशेष रेलमा खस्दा उपनगरीय क्षेत्रमा यात्रा गरिरहेका केही यात्रु घाइते भएका थिए । मृतकहरू कहाँ मारिएका थिए भन्नेबारे भने उनले खुलाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)