मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिनी संसदमा विधेयकको चाप

gorkhapatraonline.com · Mon Oct 26 23:45:15 GMT 2026

सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा विधायिकी कार्यको चाप हुँदा राष्ट्रिय सभा भने करिब बिजनेसविहीन छ । प्रतिनिधि सभाका नौ समितिमा २४ वटा विधेयक विचाराधीन छन् । सार्वजनिक लेखा समितिबाहेकका अन्य विषयगत समितिमा विधेयकको दफावार छलफल हुने गर्छ । दोस्रो अधिवेशन अन्त्यका दिन गत असोज १६ गते मात्र प्रतिनिधि सभाले आठ वटा विधेयक सम्बन्धित समितिमा पठाएको थियो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका समितिहरूमा न्यूनतम एकदेखि कुनैमा पाँच वटासम्म विधेयक दफावार छलफलका क्रममा रहेको बताउनुभयो । प्रवक्ता गिरीका अनुसार केही विधेयक अघिल्लो अधिवेशनबाटै निरन्तर छलफलमा छन् । समितिमा पठाइएकामध्ये दुई विधेयकको प्रतिवेदन समितिले तयार पारेर सभामा पेस गर्ने चरणमा पुर्‍याएका छन् । हिउँदे अधिवेशनको सुरुवातमै संवैधानिक निकायमा पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयकको प्रतिवेदन र नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयकको प्रतिवेदन पेस हुने चरणमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)