घरेलु श्रमलाई नियमन र औपचारिक गर्ने दिशामा छौँ : मन्त्री यादव
baahrakhari.com · Tue Aug 25 10:43:47 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिक गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । मंगलबार (भदौ ९) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
घरेलु श्रमलाई नियमन र औपचारिक गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको उनले उल्लेख गरे । उनले घरेलु श्रमलाई औपचारिक बनाउन सर्वपक्षीय छलफल आवश्यक रहेको पनि बताए । घरेलु श्रमको अनुगमन तथा सुरक्षाका निम्ति प्रभावकारी संयन्त्र निर्माण चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)