सप्तरीको कञ्चनरूपमा भएको आगलागीबाट २४ घर जलेर नष्ट
baahrakhari.com · Sun Apr 21 17:20:00 UTC 2024

राजविराज (सप्तरी) । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पडेमराको सरदार टोलमा आज भएको आगलागीमा २४ वटा घर जलेर नष्ट भएका छन् ।
स्थानीय लालमोहन सरदारको गाई गोठमा बालेको आगोबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागीबाट १२ परिवारका २४ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)