दसैँको बिदामा आन्तरिक पर्यटकको चहलपहल, विदेशी आगमन अपेक्षाभन्दा कम
tourismface.com · Tue Oct 27 00:10:55 GMT 2026

काठमाडौं । दसैँको लामो बिदालाई घुमफिरमा उपयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा यस वर्ष पनि नेपालको पर्यटन बजारमा आन्तरिक पर्यटकको उपस्थिति उल्लेखनीय देखिएको छ। पोखरा, चितवन, मुस्ताङ, मनाङ, रारा, लुम्बिनी र बन्दीपुरजस्ता प्रमुख गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल बढे पनि विदेशी पर्यटकको आगमन भने अपेक्षाअनुसार हुन सकेन।
चाडपर्वमा परिवार र आफन्तसँग भेटघाट गर्ने परम्परासँगै पछिल्लो समय नयाँ ठाउँको भ्रमण गर्ने संस्कृति पनि विस्तार हुँदै गएको छ। यही प्रवृत्तिले दसैँको बिदामा आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)