असोजमा मात्रै अन्नपूर्ण क्षेत्रमा पुगे ३३ हजार पर्यटक
clickmandu.com · Tue Oct 27 00:30:05 GMT 2026

गण्डकी । गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)