एलिनाको गीतमा प्रियंकाको अभिनय
rajdhanidaily.com · Fri Feb 12 16:45:54 UTC 2021
काठमाडौं । गायिका एलिना चौहान र ओम सुनारको स्वर रहेको गीत ‘फुल भन्दा’ को भिडियो सार्वजनिक भएको छ । ओम सुनारकै शब्द, संगीत तथा संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
कबिराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की र बिकेश शाहीले अभिनय गरेका छन् । मच्छेगाउँका बिकेशले सोही गीत मार्फत अभिनयमा डेब्यु गरेका हुन् । अभिनयमै करिअर बनाउने उनको योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)