मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज महिनामा झण्डै ३३ हजार विदेशी पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र

hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

काठमाडौँ। गत असोज महिनामा ३२ हजार ९६३ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार भ्रमण गर्नेहरूमा दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ जना पर्यटक रहेका छन्।

गत वर्षको असोज महिनाको तुलनामा यस वर्ष दुई हजार ४१६ जना बढी पर्यटक भित्रिएका हुन्। गत असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार चालु आर्थिक वर्षका सुरुवाती महिनाहरू (साउनमा २६,५९१ र भदौमा १७,९१३) को तुलनामा असोजमा सबैभन्दा बढी पर्यटक आएका छन्। असोज र कात्तिक पदयात्राका लागि उत्तम शरद याम मानिने भएकाले यस अवधिमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)