होल्डिङ सेन्टर जलमग्न भएपछि सुकुम्बासीहरुको विचल्ली, ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै !
barnanmedia.com · Sat Jul 11 06:23:56 GMT 2026

हिजाे रातिकाे वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरू प्रभावित भएका छन्। सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्बासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ। होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार सेन्टरमा बाढी पसेका कारण ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)