मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा
corporatenepal.com · Tue Oct 27 00:39:17 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)