बिचल्लीमा सुकुमवासी : बाढी पसेपछि डुबे लत्ताकपडा, नष्ट भए औषधि
onlinekhabar.com · Sat Jul 11 06:44:31 GMT 2026

२६, असार, काठमाडौं । वाग्मती नदीको उर्लिंदो बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो ।
हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु ? सुकुमवासी अन्योलमा रहे । जसको पहुँच जता छ त्यतै फोन गर्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)