भारतमा गहुँ निर्यात खुला
nagariknews.nagariknetwork.com · Tue Aug 25 11:26:08 GMT 2026

किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल लागू हुनेगरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ मा परिवर्तन भएको छ।
भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहेको तथा उत्पादनसमेत बढेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)