मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

clickmandu.com · Tue Oct 27 00:53:18 GMT 2026

म्याग्दी । दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवश भएका हुन् ।

बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ । पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)