बागमतीबाट निकालियो दुई मेट्रिक टन नकुहिने फोहाेर
himalpress.com · Sat Jul 11 06:54:30 GMT 2026

काठमाडौँ- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ । काठमाडौँ महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामंगलबाट बानेश्वर क्याम्पसअघिको बागमती नदी किनारमा ६८७औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।
सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फोहोर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा।माला खरेलले जानकारी दिइन् । कुहिने फोहोर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुनेगरी गाड्ने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)