११ महिनामा ११ आत्मदाहका घटना, ८ जनाले गुमाए ज्यान
lokaantar.com

गत बिहीबार अपरान्ह मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । ६५ प्रतिशत शरीर जलेका उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचार सम्भव भएन । शुक्रबार बिहान उनले मृत्युवरण गरे ।
घटनाले सडकदेखि संसद्सम्म ततायो । विपक्षीदेखि सत्तापक्षकै सांसदहरूले समेत गणेशको आत्मदाह एउटा सामान्य घटना नभएर विकृत समाजको असन्तुष्टिको आवाज भनेर टिप्पणी गरे । गृहमन्त्री सुधन गुरुङले संसद्मा जवाफ दिनुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ
सुधन गुरुङ