गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
ratopati.com · Sat Jul 11 07:03:20 GMT 2026

काठमाडौँ। महानगर प्रहरीसँगको विवादपछि आत्मादाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुकमार्फत गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै ६ बुँदे धारणा सार्वजनिक गरेका छन्।
ढुङ्गानाले गणेश नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दाबी गर्दै यसलाई राज्यको नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)