मानव सेवा आश्रमलाई २ लाख २२ हजार २२२ रुपैयाँको श्रीपति समाज सेवा पुरस्कार
onlinekhabar.com · Sat Jul 11 07:11:14 GMT 2026

२७ असार, पोखरा । सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी नागरिकको उद्धार, संरक्षण र पुनर्स्थापनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मानव सेवा आश्रम नेपाललाई श्रीपति समाज सेवा पुरस्कार–२०८३ प्रदान गरिने भएको छ ।
पुरस्कारअन्तर्गत आश्रमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, समाज सेवा पदक र सम्मानपत्र प्राप्त गर्नेछ । श्रीपति कोइराला गुठी, कोइराला सेवा समाजले शुक्रबार श्रीपति कोइरालाको २११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा यस वर्षको राष्ट्रियस्तरको श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गरेको अध्यक्ष फणिन्द्राज कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)