निर्माण व्यवसाय नवीकरण नगर्ने ४४ फर्मको कम्पनी इजाजतपत्र स्वतः खारेजी
himalpress.com · Sat Jul 11 07:13:14 GMT 2026

काठमाडौँ- पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)