युरोकपको फाइनलमा ५७ वर्षपछि तोडियो कीर्तिमान
ratopati.com
युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अघि देखिएको छ । खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।
युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा उनले गरेको गोलको कीर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)