चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
kendrabindu.com · Wed Jun 10 08:08:52 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चाँैरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
नेपाल प्रहरी
भन्सार विभाग