मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा चुनाव : नेतान्याहुको राजनीतिक भविष्य दाउमा

reportersnepal.com · Tue Oct 27 01:44:13 GMT 2026

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलबार हुने आमनिर्वाचनमा आफ्नो राजनीतिक भविष्य जोगाउन संघर्ष गरिरहेका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमण, त्यसपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाही, इरानसँगको युद्ध र अन्तर्राष्ट्रिय रूपमा बढ्दो एक्लोपनका बिच मतदाताले नेतान्याहुको नेतृत्वको मूल्याङ्कन गर्दैछन् ।

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुले १९ वर्षसम्म सरकारको नेतृत्व गरिसकेका छन् । उनीमाथि राजनीतिक दबाब बढे पनि दक्षिणपन्थी राष्ट्रवादी राजनीति बलियो बनेको र इजरायलको विभाजित राजनीतिक प्रणालीका कारण पुनः सरकार गठन गर्ने सम्भावना कायम छ

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)